राप्ती प्रतिष्ठानको बिमाको करिब १४ करोड रकम भुक्तानी नहुदा समस्या

दाङ , २८ पुस।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बिमा सेवा बाफतको करिब १४ करोड रुपैयाँ भुक्तानी नहुदा आर्थिक संकट गहिरिदै गएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा। श्याम लम्सालले कार्तिकसम्मको ११ करोड रुपैयाँ बिमाको रकम भुक्तानि नभएको र मंसिर र पुससम्मको थपिदा त्यो १४ करोड पुग्ने जानकारी दिए।

बिमा बोर्डलाई बिमाको रकम भुक्तानीका लागि पटक(पटक पत्राचार गर्दा पनि हालसम्म बिमाको ठुलो रकम भुक्तानी नहुदा धेरै नै समस्या भएको र अब थेग्न नसक्ने अबस्थामा पुगेको उनले बताए।


बिमा सेवा बाफतको रकम करोडौ रुपैयाँ भुक्तानी नहुदा औषधि सप्लार्यसले पनि औषधिजन्य सामग्रि उपलब्ध गराउन नसक्ने बताउदै आएकाले बिमाबाटको उपचार सेवा प्रभाबित हुन सक्ने उनले बताए ।

बिमाको रकम भुक्तानीका लागि पहल गरिदिन सबैलाई रजिस्ट्रार लम्सालले आग्रह गरे ।