करोडौं ठगीको आरोप पछि पाण्डेले निकाले यस्तो विज्ञप्ति

तुलसीपुर
१८ माघ / निर्माण ब्यबसायी अनुप पाण्डेले आफूमाथि करोडौंको ठगी गरेको आरोप लागेपछि मंगलबार विज्ञप्ति जारी गरेका छन् ।

घोराही–१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । घोराही–तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बापतको रकम १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डे विरुद्ध मुद्धामा जाहेरी दिएको बताए ।

पटक–पटक पैसा माग्न जादा पनि नदिने गरेको गुनासो गर्दै पाण्डे सम्पर्कमा नआउँदा आफ्नो घर खेत नै लिलामी हुने अवस्था आएकाले आफू वाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको बताए ।


तर, व्यबसायी पाण्डेले घोराही घोराही फोरलेन सडक निर्माणको कामको जिम्मेवारी लिएको भारतीय कम्पनी तथ्य इन्जिनियरिङ्ग इन्फ्रा प्रोजेक्टको विगतमा प्रतिनिधिको रुपमा काम गरेपनि अहिले उक्त कम्पनीसंग आवद्ध नभएको बताउँएका छन् । उनले कम्पनी मार्फत भएका कार्य सम्पादन र कामको फरफारक सम्बन्धित कम्पनीले नै गर्नुपर्ने भएकाले फरफारकका लागि सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् ।‘

कम्पनीमा रहदा मैले गरेका काम र निर्णयहरु मेरा व्यक्तिगत भन्दा पनि कम्पनीसँग सम्बन्धि छन् । ती सबै कामहरुप्रति मेरो व्यक्तिगत जिम्मेवारी नरहने कुरा पनि म सबैका सामुमा स्पष्ट पार्न चाहन्छु ।’ पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

व्यवसायी गेहेन्द्र बस्नेतले प्रक्रिया अनुसार भ्याट विल दिन नमान्दा कम्पनीले पैसा रोकेको उल्लेख समेत बिज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफ्ना वुवा(तुलसीपुरका मेयर घनश्याम पाण्डे)को नाम जोडिएको भन्दै आपत्ति समेत जनाएका छन् ।