राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा लामिछानेको सिफारिश

तुलसीपुर, ७ जेठ — दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्रराज लामिछानेलाई नियुक्तिकालागि सिफारिश गरेको छ । सञ्चार क्षेत्रका तथा सामाजिक सेवामा सक्रिय लामिछानेलाई लुम्बिनी प्रदेश सरकारले  अध्यक्षका बनाउने गरि सिफारिश गरेको हो ।

प्रदेश सरकारको सिफारिस अनुसार लामिछाने नेपाली कांग्रेसको तर्फबाट यो जिम्मेवारीमा आएका हुन्। सरकारको निर्णय पछि प्रदेश स्वास्थ्य मन्त्रालयले नियुक्ति गर्ने छ ।  प्रदेशका १४ वटा सरकारी अस्पताल विकास समितिमा सत्तारूढ एमाले र कांग्रेसबीचको सहमतिअनुसार अध्यक्ष पद बाँडफाँट गरिएको छ।


यसै क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा एमालेका अजयमान श्रेष्ठ, प्युठान अस्पतालमा कांग्रेसका कृष्णप्रसाद बसेल, गुल्मीमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, रोल्पामा कांग्रेसका शेरबहादुर थापा, रामपुर पाल्पामा एमालेका युवराज खनाल, अर्घाखाँचीमा बलाराम मिश्र, भीम अस्पताल भैरहवा–कांग्रेसका कुलप्रसाद न्यौपाने, रुकुम पूर्वमा लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा जगदीश चौधरी, र भालुवाङ अस्पताल दाङमा सूर्यप्रकाश शर्मालाई सिफारिस गरिएको छ ।

गत वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारद्वारा गठन गरिएका अस्पताल विकास समितिहरू विघटन गरी नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको थियो।