नेकपाबाट दाङ ३ को उम्मेदवार मास्की

तुलसीपुर, २५ पुस । नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने भएको छ ।

शुक्रबार उनको उम्मेदवारी टुंगिएको हो । उनी लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री हुन् । पार्टीका केन्द्रीय महाधिवेन आयोजक कमिटि सदस्य समेत रहेका उनले अर्थ मन्त्री हुँदा पश्चिम दाङलाई‘कर्णाली’ नभई समृद्ध दाङ बनाउनु पर्ने भनि अभियान समेत सञ्चालन गरेका थिए ।


उनी सहित दाङ बाट ८ जनाको नाम सिफारिश भएको थियो । क्षेत्र नंं.३ कमिटिले मास्कीको एकल नाम सिफारिश गरेको भएपनि जिल्लाले भने अन्य ७ जनाको नाम थपेर पठाएको थियो । मास्की हाल लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् ।

उनी जनयुद्धका डिभिजन कमाण्डर पनि हुन् । उनी तत्कालिन अबस्थामा सेनामा छोटो समयमा कमाण्डमा स्थापित भएका ब्यक्ती समेत हुन् । उनी दाङ बबई गाउँपालिका निवासी हुन् ।