
तुलसीपुर, २४ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु बर्षको ६ महिनामा साढे ८८ करोड आम्दानी गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका नगरसभाको १८ औँ हिउँदे अधिवेशनका क्रममा यस्तो जानकारी गराईएको हो । नगर उपप्रमुख स्यानी चौधरीका अनुसार अनुमानित आय मध्ये पुस २३ गते सम्म ८८ करोड ५२ लाख ५ हजार ६ सय ७९ रुपैया आम्दानी भएको हो । चालु बर्षमा दुई अर्ब एघार करोड ३६ लाख २ सय ६१ रुपैयाँ वार्षिक बजेट अनुमान गरिएको थियो ।
चालु बर्षमा आम्दानी भएको मध्ये ६५.६५ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ २८.५८ प्रतिशत र पुजीगत तर्फ ८.७७ प्रतिशत खर्च भएको हो ।साथै उपप्रमुख चौधरीले सभामा पेश गरेको आर्थिक वर्ष २०८२/०८३ को संशोधित कार्यक्रम,आयोजना र क्रियाकलाप सर्वसम्मत पास भएको छ ।
यस्तैगरी सार्वजनिक सेवा तथा सुशासन समितिका संयोजक धर्मराज वलीले पेश गरेको अस्थाई ,करार र ज्यालादारी कर्मचारीहरुको म्याद थप तथा निरन्तरताको लागी प्रस्ताव र विधायन समितिका संयोजक भीम योगी कुँवर तथा लेखा समितिका संयोजक घनश्याम ढकालले पेश गरेको प्रतिवेदन पनि पास भएको नगर प्रमुख टिकाराम खड्काले बताए ।



लाइभदाङ । २४ पुष २०८२, बिहीबार २२:१८ बजे