बनगाउँ ‘ग’ केन्द्रमा ७ बजेसम्म मतदान गर्न पाईने

तुलसीपुर,४ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका– १० स्थित पातुबनगाउँ मावि ‘ग’ मतदान केन्द्र मा साँझ ७ बजेसम्म मतदान गर्न पाइने भएको छ । प्रतिनिधिसभाको नदिएर प्रदेश सभाको मात्रै मतपत्र पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो।

दाङ ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत नै बदर गरी ढिला गरि पुनः मतदान कार्य सुचारु गरिएकाले ७ बजेसम्म मतदान गर्न पाईने ब्यबस्था मिलाईएको छ ।


अधिकृत न्यौपानेका अनुसार दोस्रोपटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि अहिले मतदान कार्य रोकिएको थियो।

कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ। सोही मतदान केन्द्रमा ७ सय ६८ मतदाता रहेका छन्। दिउँसो पौने १ बजेतिर पुनः मतदान सुरु भएको हो।