दाङमा श्रमिकको ज्याला निर्धारण

दाङ, ४ साउन ।
दाङमा श्रमिकको न्यूनतम ज्याला निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले दक्ष सिकर्मी, नकर्मी र डकर्मीको न्यूनतम एक दिनको ज्याला ९ सय ७५ रुपैयाँ तोकेको छ भने अदक्ष कुल्ली र ज्यामीको ६ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी ज्यामी नाईकेको ६ सय २५, भरियाको ६ सय २०, स्प्रे म्यानको ६ सय २०, स्प्रे नाईके फोर म्यानको ६ सय ५० रुपैयाँ तोकिएको छ । सुपरभाइजरको ६ सय ५०, सिनियर सुपरभाइजरको ६ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।

इलेक्ट्रीसियन हाउस वाइरिङको ६ सय ९०, सामाजिक परिचाललको ६ सय ४०, कृषि श्रमिकको ६ सय ४०, सामान्य कृषि श्रमिकको ६ सय २०, चेन म्यान, स्टाफ म्यानको ६ सय २०, सर्भे हेल्परको ६ सय २०, डोजर अप्रेटरको ८ सय ८५, विद्युत मिटर रिडरको ७ सय ५० रुपैयाँ तोकिएको छ ।


यस्तै दक्ष पलम्बरको ६ सय ६०, डिजिटल पम्पलेट हेल्पर र सवारी साधन हेल्परको ६ सय २०, क्याम्प वर्करको ६ सय २०, स्यामपल र खनेलको ६ सय ८०, स्यालो ट्यूबेल जडान गर्ने हेड मिस्त्रीको १ हजार १ सय ३० र स्यालो ट्यूबेल जडान गर्ने सहायक मिस्त्रीको ७ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।