तुलसीपुर
६ माघ / नेकपा (माओवादी केन्द्र) शान्तिनगर गाउँकमिटिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
गाउँ कमिटि अध्यक्ष नेपबहादुर रोकाको अध्यक्षतामा भएको बैठकले ३ जना गाउँ कमिटि सदस्य मनोनित गरेको छ । ६ जना सदस्य मनोनित गर्नुपर्नेमा अहिले ३ जनालाई मनोनित गरिएको र थप ३ जनालाई आगामी बैठकबाट मनोनित गर्ने समेत निर्णय भएको छ । हाललाइ गुमाणसिङ परियार,कृमलाल चौधरी र पतिराम चौधरीलाई गाउ कमिटि सदस्य मनोनित गरिएको हो । त्यस्तै बैठकले १७ सदस्यीय सचिबालय कमिटि गठन गरेको छ ।
साथै बैठकले पार्टीका जिल्ला संस्थापक नेता कुबेर वलीलाई केन्द्रीय कमिटिमा नराखेको भन्दै आपत्ति जनाएको छ । साथै केन्द्रीय कमिटिमा राख्नकालागि पत्र पठाउ(ने समेत निर्णय गरेको छ । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य‘विमल’ले पार्टी को आठौं राष्ट्रिय महाधिवेशनबाट लिईएको नीति तथा कार्यक्रम लाई दृढतापूर्र्वक पालन गर्न दिर्नेशन दिएका थिए ।
बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार शेशुराम भण्डारी ,लुम्बिनी प्रदेश कमिटी सदस्यहरु भिम बहादुर वली‘ड्राइभर’ ,खर्के सुनार शिशिर,राधिका परियार ,दाङ जिल्ला समन्वय समिति सदस्याहरु महेश वली,भीषण चौधरी ,मोहन वली, गोपाल भण्डारी र लुम्बिनी प्रदेश जेष्ठ कम्युनिष्ट मन्चका सदस्य नर बहादुर वली‘निराजन’ ले प्रशिक्षणात्मक मन्तव्य ब्यक्त गरेका थिए ।
बैठकको सहजीकरण सचिब पिमलाल वलीले गरेका थिए ।
लाइभदाङ । ६ माघ २०७८, बिहीबार २१:४२ बजे