तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष चालिसे द्वारा मेट्रो अस्पतललाई २१ हजार सहयोग ।

शरद रेग्मी ।

तुलसीपुर १८ असाेज । 

तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष चालिसेले मेट्रो अस्पतललाई २१ हजार
सहयोग सहयोग गर्नु भएको छ ।

स्वर्गिय बुवा टंकु प्रसाद चालिसे र आमा बेदि कुमारि चालिसेको स्मृतिमा
अध्यक्ष चालिसे र उहाका दाजुहरु झग्गुप्रसाद चालिसे र मिनप्रसाद चालिसेले
अस्पतालको स्तरबृद्दिका लागि सो रकम सहयोग गर्नुभएको हो ।

तुलसीपुर उधोग बाणिज्य सघले सन्चालन गरको सहयोग रकम सकलन र स्तरबृद्दिको
अभियानलाई थप टेवा पुग्ने उदेश्यले सो रकम बाणिज्य सघका कोषाध्यक्ष
देबबहादुर केसिलाई हस्तान्त्रण गरियको कार्यालय प्रमुख पारेश्वर भट्टराईले
जानकारी दिनुभयो ।

यता तुलसीपुर ८ अश्वारामा सन्चालनमा रहेको मेट्रो अस्पतालको स्तरबृद्दि र
स्वास्थ्य उपकरण थप गर्नका लागि ९० दिने सहयोग कार्यक्रम तुलसीपुर उधोग
बाणिज्य सघको अगुवाईमा हिजो देखि सुरु गरियको महासचिब बिनिल केसिले
जानकारी दिनुभयो ।


जनस्तरबाट रकम सकलन गरि सन्चालन गरिएको मेट्रो अस्पतालको स्तरबृद्दिका लागि
सहयोग गर्न सबै पक्षसग तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उधोग बाणिज्य
सघले अपिल समेत गरेको छ ।

सहयोग गर्न चाहानुहुने महानुभाव हरुले बाणिज्य सघको कार्यालय तुलसीपुर
अथवा ग्लोबल आईएमई बैकको चहिन ५७०१०१००००४१२ तुलसीपुर चेम्बर अफ कमर्स
एण्ड ईण्डष्ट्रिज को नमामा रकम जम्मा गरेर सचिवालयमा जानकारी गराउनुहुन
आब्हान गरेको छ ।

यस अघि कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न
नगरपालिकाले सहयोगको याचना गरेको थियो ।देश बिदेशबाट ठुलो रकम समेत
सकलन भयो तर प्लान्ट स्थापना अझै सम्मपनि हुन सकेको छैन ।

सो समयमा सकलन भयको रकम दिन रात गरि अस्पतालको भौतिक सम्म्रचना र
प्राबिधिक बिकासमा लगायर छोटो समयमा नै कोरोना बिशेष अस्पतालको रुपमा
सन्चालनमा ल्याईएको थियो ।

जसका कारण पश्चिम दाङ र छिमेकी जिल्लाका धेरै भन्दा धेरै नागरिकहरको
उपचरमा सहयोग भएको फोकलपर्सन बिमल केसिले बताउनुभयो ।