एमालेबाट दाङका कोमल वली, शान्ता चौधरी र साजिदा सिद्धिकी समानुपातिकको सूचिमा

तुलसीपुर १६ पुस । एमालेबाट दाङका तीन महिला समानुपातिकको सूचिमा परेका छन् ।

कोमल वली, शान्ता चौधरी र साजिदा सिद्धिकी समानुपातिक सूचिमा परेका हुन् । वली २०७९ को निर्वाचनमा दाङ क्षेत्र नं.३ बाट काँग्रेस नेता दीपक गिरीसंग हार ब्यहोरेकी हुन्।


त्यस्तै चौधीले दाङ क्षेत्र नं.१ बाट मेटमणी चौधरीसंग हार ब्यहोरेकी हुन्। त्यस्तै सिद्धिकी यस अघि पनि समानुपातिक सूचिमा थिइन ।

वली खस आर्यको चौथो नम्बरमा छन्, भने चौधरी थारु समुदायको दोस्रो नम्बरमा छन् । त्यस्तै सिद्धिकी मुस्लिमको पहिलो नम्बरमा छन् ।