दाङमा इट्टाको मूल्य बढ्यो

तुलसीपुर
७ माघ / दाङमा इट्टाको मूल्य बढेको छ।

ईन्धन, कोइला,श्रमिक, ढुवानीलगायतमा मूल्य बृद्धि भएको भन्दै मूल्य बृद्धि गरिएको हो  ।  दाङ देउखुरी इट्टा उद्योग संघ दाङका सचिब प्रेमनाथ योगीका अनुसार बेमौसमी बर्षादले गर्दा इट्टामा पनि क्षति पुगेको भन्दै मूल्य बढाउनु पर्ने अबस्था आएको हो । अहिले प्रत्येक इट्टाको मूल्यमा रु १ बृद्धि गरिएको छ ।


उहाँका अनुसार अब एक नम्बर इट्टाको मूल्य रु १६, दुई नम्बर इट्टाको मूल्य रु १२ र ३ नम्बर इट्टाको मूल्य रु १० तोकिएको छ । यी तीन प्रकारकै इट्टामा रु १ बृद्धि गरिएको हो ।