तुलसीपुुरमा विद्यालय विदा बारे आज निर्णय गरिने

दाङ, १६ पुस ।
चिसो अत्याधिक बढेपछि तुलसीपुरमा आजदेखि तीन दिनसम्म विद्यालय बन्द गरिने भएको छ । नगरप्रमुख टिकाराम खड्काले आज कार्यालय खुल्ने वित्तिकै १० बजे नै बैठक बसी निर्णय गरेर आजैदेखि विद्यालय बन्द गरिने बताए ।

मंगलबार सार्वजनिक बिदा परेका कारण निर्णय गर्न नसकिएको बताउँदै उनले बिदा दिनेबारे आज निर्णय गरिने बताए ।


तुलसीपुरमा शुक्रबारसम्म विद्यालय बन्द गरिने नगरप्रमुख खड्काले बताए । घोराही, लमही, राप्ती, गढवा र राजपुरले पनि चिसोका कारण आजदेखि शुक्रबार १९ गतेसम्म विद्यालय बन्द गरेका छन् ।