चारलाख दिएपछि खुल्यो घोराही–तुलसीपुर सडक

तुलसीपुर, १५ पुस ।
दाङको तुलसीपुर– ७ निवासी शुरेस विश्वकर्मालाई ३ महिना अघि टिप्परले ठक्कर दिएर गम्भीर घाईते भएपनि टिप्पर धनीले खर्च नदिएपछि मंगलबार बन्द गरिएको घोराही– तुलसीपुर सडक खुलेको छ । टिप्पर धनीले हाल चारलाख रुपैँया उपचार खर्च दिएपछि सडक खुलेको हो ।

पीडित पक्षले दिउसो २ बजेदेखि ४ बजेसम्म सडक अवरुद्ध गरेका थिए । केही दिनअघि सडक अवरुद्ध गर्दा तीन लाख रुपैयाँ दिने भन्ने सहमति भएपनि नदिएपछि मंगलबार सडक अबरुद्ध गरिएको थियो ।


विश्वकर्माको हाल भारतमा उपचार भइरहेको छ। टिप्पर निर्माण व्यवसायी ईश्वर पुनको रहेको छ ।