आफैले काम गर्ने संस्थाबाट केसीले चोरेका थिए ६५ लाख

दीपक बोहरा
दाङ, १५ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी २५ बर्षीय दुर्गा केसीले ६५ लाख रुपैँया काठमाडौंबाट चोरी गरेर दाङ ल्याएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहका अनुसार उनले काठमाडौं महानगरपालिका ४ स्थित स्ट्रम नेटवर्क प्रालि र इको भ्याली प्रालिबाट चोरी गरेर ६५ लाख १७ हजार एक सय ४० रुपैँया चारी गरेर दाङ ल्याएको खुलेको हो । उनले त्यहाँ पलम्बरको काम गर्थे ।


गएको पुस १३ गते पैसा चोरी गरेपछि उनको खोजी गर्दा‘लोकेशन’ दाङ देखाएको थियो ।
त्यसकै आधारमा मंगलबार उनलाई घरमै राखिरहेको अबस्थामा उक्त रकमसहित केसीलाई पक्राउ गरिएको हो । केसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।