रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति

काठमाडौँ, १४ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।

उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको जेनजी अभियन्ता सुदन गुरुङले रातोपाटीलाई जानकारी दिए ।


उनीहरूबिच पटक–पटक संवाद हुँदै आएपनि सहमति हुन सकेको थिएन ।

यसअघि रवि र बालेनबिच पार्टी सभापतिमा रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको थियो ।