नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सभापतिमा गौतम

दाङ, १० फागुन ।
नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सभापतिमा मदन गौतम चयन हुनुभएको छ । शाखाको मंगलबार लमहीमा भएको ३९ औँ अधिवेशनबाट सभापतिमा गौतम निर्विरोध चयन हुनुभएको हो ।

अधिवेशनले सभापतिसहित छ पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने बाँकी पद निर्वाचनबाट चयन गरिएको छ ।

समितिको महिला उपसभापति, मन्त्री, कोषाध्यक्ष, उप–मन्त्री र उप–कोषाध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । समितिको महिला उपसभापतिमा भगवती शर्मा, मन्त्रीमा प्रकाश श्रीबन्ध, कोषाध्यक्षमा कुशल तर्ताल, उप–मन्त्रीमा बिमल केसी, उप–कोषाध्यक्षमा दोर्ण बहादुर वली सर्वसम्मत चयन हुनुभएको छ ।


उपसभापतिमा सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा हरिहर पौडेल ४७ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी ज्ञानप्रसाद आइतबारेले ३२ मत ल्याउनुभएको छ ।

समिति खुल्ला सदस्यमा प्रमोद पौडेलले ५८ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस्तै भिमलाल मरासीनीले ४२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यस्तै मिनराज शर्माले ४३, बंशीकुमार शर्माले ३७ , थानेश्वर गैरेले ४९ , थम्मन चौधरीले ५५ र मदन धितालले ४६ मत ल्याएर खुल्ला सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै शुष्मा भण्डारीले ४८, पुष्पा यादवले ३६, सीमा न्यौपानले ४२ मत ल्याएर महिला सदस्यमा निर्वाचित हुनुभएको छ ।