दंगीशरण गाउँपालिका–३ द्वारा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

दंगीशरण, ०५  पौष ।
दंगीशरण गाउँपालिका वडा नं – ३ ले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८२ / ८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाभित्रका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले जेष्ठ नागरिकहरूको सम्मानका लागि वडा नं – ३ ले सञ्चालन गरेको कार्यक्रम सराहनीय रहेको बताए ।
उनले आफू निर्वाचित भएर आएदेखि पूर्वाधार विकाससँगै मानवीय विकासका कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।


वडा न – ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको तर्फबाट लक्ष्मण चौधरी, जेष्ठ नागरिक वडा नं – ३ का अध्यक्ष कृष्ण चौधरी तथा जेष्ठ नागरिक दंगीशरणका अध्यक्ष टीका बहादुर डाङ्गीले आ–आफ्नो भनाइ राखुका थिए ।

कार्यक्रम वडा नं – ३ का वडा सदस्य सरीता बिकको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण वडा सदस्य लक्ष्मणदास चौधरीले गरेका थिए ।