एशियन लाइफ इन्स्योरेन्सको उपलब्धी सम्मेलन

टेकराज भण्डारी
दाङ, १८ असोज ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यापार उपलब्धी सम्मेलन गरेको छ ।

कम्पनीका लुम्बिनी प्रदेश प्रमुख केशवराज गिरीको अध्यक्षता तथा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । जसको कार्यक्रमका बिशिष्ट अतिथिमा राष्टिय तथा अन्तरास्ट्रिय मोटिभेशनल स्पिकर डा.तारा जी थिए ।

त्यस अवसरमा प्रमुख अतिथि श्रेष्ठले २७ फेब्रवरी , २००८ मा कम्पनी स्थापना भएको बताए । कम्पनीको अधिकृत पूँजी ५ अर्ब तथा चुक्ता पुँजी २.९ अर्ब रहेको छ ।


कम्पनीको बीमा ऐन २०४९ अन्र्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरेको हो ।

कम्पनीले आगामी दिनमा ग्राहकहरूको आवश्यकता अनुसार सेवा सुधार गर्ने लक्ष्य राखेको छ। कम्पनीले आफ्नो सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको बताएको छ। कार्यक्रमको सहजिकरण एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्युठान शाखाका प्रमुख सुनिल नेपालीले गरेका थिए ।