दाङमा होटेलमा लुकाई राखिएको पेस्तोल पड्किदा एक जना घाइते

दाङ, २७ मंसिर । दाङमा लमहीमा होटेलमा लुकाई राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।

शनिबार बिहान पौने ११ बजेतिर लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटल लुकाई राखिएको पेस्तोल पड्किदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका छन् । एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।


गौमको अवस्था सामान्य रहेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यसअघि पनि लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए।