तुलसीपुर
२५ मंसिर / नेपाली काँग्रेसको जारी केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वकालागि हुन लागेको निर्वाचनमा दाङबाट १० जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
पूर्वमन्त्री तथा केन्द्रीय सदस्य समेत रहेको दीपक गिरीले कोइरालाको प्यानलबाट उम्मेदावरी दर्ता गराएका छन् । त्यस्तै अनिता देवकोटा, विमला नेपाली, बमबहादुर डिसीले पनि उम्मेदावरी दर्ता गराएका छन् ।
त्यस्तै देउवा प्यानलबाट पूर्व सांसद गेहेन्द्र गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै देउवा प्यानलबाटै स्वर्गीय खुमबहादुर खड्काकी श्रीमति शिला खड्कासहित योगेन्द्र चौधरी,पार्वती डिसी चौधरी, कृष्णकिशोर घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट प्रदिपराज शर्माले उम्मेदवारी दिएका छन् ।
लाइभदाङ । २५ मंसिर २०७८, शनिबार २१:५३ बजे