
दाङ,२६ मंसिर । दाङमा अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंसिर २० गतेदेखी २६ गतेसम्म विभिन्न स्थानमा अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले दाङका विभिन्न स्थानबाट ८ वटा ट्याकटर नियनत्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सवारी साधनहरुबाट जरिवाना वापतको रकम १ लाख ३० हजार रुपैयाँ असुल गरेको छ । उक्त ट्याक्टरहरू सम्बन्धीत व्यक्तीहरूको जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ ।



लाइभदाङ । २७ मंसिर २०८२, शुक्रबार १८:४३ बजे