दाङमा अबैध कपडा बरामद, भन्सार पठाइयो

दाङ, २५ मंसिर ।
इलाका प्रहरी कार्यालय सिसहनियाबाट खटिएको गस्ती टोलीले दाङको राप्ती गाउँपालिका–५ सिसहनिया बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा ठूलो मात्रामा अबैध कपडा बरामद गरेको छ।

भालुबाङबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक सवारी साधनको चेकजाँच गर्दै गर्दा प्रहरीले लुकाइछिपाइ ल्याइएका बिल–बिजक नभएका कपडा फेला पारेको हो। बरामद सामग्रीमा सेण्डो ५०० पिस (अन्दाजी मूल्य रु.६७,१२०/-) र अण्डरवेयर १,००० पिस (अन्दाजी मूल्य रु. १,१२,०००/-) रहेको प्रहरीले जनाएको छ।


दुवै सामग्रीको जम्मा अन्दाजी मूल्य रु. १,७९,१२/-) (एक लाख उनासी हजार एक सय बिस रुपैयाँं) बराबर हुन्छ। बरामद गरिएका सामानहरू आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएका छन्।