प्रकृतिको कुशल शिल्पले सुसजित प्यारो दाङ

जिन्दगीको अध्यायमा रमिरहेका यी पलहरु साच्चिकै अमृतमय छन् । मानिसको जन्म कहाँ हुन्छ अनि कहाँ गएर अन्त्य हुन्छ, कुनै टुंगो हुँदैन । आखिर नश्वर न हो यो जिन्दगी । प्यारो सल्यान जिल्लाको गर्भबाट अवतरण एको यो जिन्दगी दाङले पनि उत्तिकै माया दिएर हुर्कायो । प्यारो सल्यान जस्ले मलाई आफ्नो गर्भबाट यो अमूल्य जीवन दियो, यसको निम्ति सधै ऋणी छु । आफ्नो जीवनको सिंगो अध्यायमा मलाई अथाहा प्रेम बात्सल्यताले स्वस्थ मस्तिष्क बनाई यहाँसम्म ल्याउने यी दुबै जीवनदाता मातृभूमिको ऋण तिर्न अहोरात्र खटिरहेको मेरो जिन्दगी कहाँसम्म पुग्छ त्यो भबिष्यले निर्धारण गर्नेछ । बाचुन्जेल यी दुबै जिल्लाको निम्ति मेरा सृजनाका लहरहरु फिजाइरहने छु हिमनदी बनेर सदाबहार । रचिचहनेछु कथा, कबिता, गजल, मुक्तक, हाइकु, नियात्रा आदि आदि निरन्तर यो देहमा एक मुठी प्राण रहुञ्जेल ।

जीवनको अध्यायमा हालसम्म दाङ जिल्लामै रहेर अत्यन्त क्रियाशिल बनाउँदै शिक्षण पेशा र साहित्यको सुन्दर बाटिकामा सुगन्ध छर्कदै गरिरहेका यी प्रहर अत्यन्त लोभ लाग्दा बनेका छन् । काब्य र शिक्षाका यी दुबै पबित्र दिव्यबाटिकामा रंगिन फूल फुलाउँदै जिन्दगिको रथ हाँक्दैछु, निरन्तर । यही क्रममा देशका हरेक भुगोलहरु र देश बाहिर बस्नुहुने पत्रकारहरु एवं शाहित्यकार सबैको आत्मियता र शुभेच्छा ग्रहण गर्दै कुदिरहेका छन्, यी आविश्रान्त पदचापहरु नेपालका हरेक भुगोलको माटो चुम्न ।

प्रस्तुती : भवानी न्यौपाने(भावना)

प्रिय दाङ तिम्रो सुन्दरताको बयान कसरी गरुँ? तिम्रो अलौकिक सुन्दरतामा कस्को मन नलोभिएला र ? यहाँका हरेक प्राणीहरुलाई श्रोत दिने दिने तिम्रो न्यानो काख संसारकै उत्कृष्ट लाग्छ मलाई ।

उत्तरतिर तिमिलाई संरक्षण र प्रेमको मन्द मस्कान छर्न तम्तयार चाँदीको घेरा जस्तै देखिने सिस्ने हिमाल, दक्षिणतिर हरेक जीवनलाई प्राणदिने र तिम्रो छातिबाट मृदुल नाद गर्दै बग्ने प्यारो राप्ती नदी तिमिलाई इतिहास देखि आलिङ्गन गर्दे रहेको बृताकार चुरेको लस्कर, दक्षिणतिर संगीतको गितार रट्दै बगेकी बबई नदी, उत्तर पूर्वमा अनन्त आर्शिवादको कर उचालिरहेको दृष्य स्वर्गीय स्थल स्वर्गद्धारीले अवश्य तिमी परम सुन्दर जिल्ला हो भन्ने अकाट्य प्रमाण छदैछ । बिभिन्न भाष, सस्कृति, भेष र परम्पराको उद्गम स्थल दाङ हो, भन्ने कुरा इतिहासमा उल्लेखित हुँदै आएको छ ।

पश्चिममा पुरन्धारा छहराले पर्यटकको मन लुटिरहेको छ भने पूर्व दक्षिण दाङमा विश्वकै अग्लो त्रिशुल रहेको सतिदेवीको अङ्गपतन भएको पावनभूमि धरापानीले दिनहुँ भक्तजनको भीडलाई अनन्त आशिर्वाद प्रदान गरिरहेको छ । उत्तरतिर अर्को दिव्यभूमि बाह्रकुने दह चर्चित धार्मिकस्थलले धेरै पर्यटक र दर्शालु भक्तजनहरुलाई कृपाा गरिरहेको छ । उत्तरतिर बर्षौदेखि धेरै पर्यटकको मन खिच्ने चमेरी गुफा उत्तिकै सुन्दर स्थल तिम्रै छातिमा खेलिरहेको छ ।


दक्षिणतिर दृष्यलाई शीतलता र आनन्द दिने शीतलपुरको रम्य दृष्यले जो कोहीले हृदय स्पर्ष गरिरहेको छ ।

प्रिय दाङ तिमि कति भाग्यमानी छौं । तिम्रो पबित्र कोखबाट साहित्यकार, कलाकार, पत्रकार, संगीतकार, नाटककार, गजलकार, गीतकारको जन्म दियौं । तिम्रै सिरानमा नेपाल संस्कृत विश्वविद्यालयको जन्म महेन्द्र राजाबाट भएको थियो । जहाँ र्सस्कृत र नेपाली भाषा साहित्य अनि संस्कारको सुगन्ध हरेक भुगोलका अनुयायीले ग्रहण आईरहेका छन् । असल मानवीय चरित्र निर्माण गर्ने यो दिव्यस्थल तिम्रो अपूर्व चिनारी हो ।

प्रिय दाङ तिमीले प्रशस्त अन्न फलाईदिएर हरेक प्राणीको जीवनदाता बनेकी छौं । हरेक अन्नवाली, उद्यान, जंगल, जडिबुटी(आयुर्वेद) आफ्नो छातिमा जन्माएर सवैकी आयु,प्राण बनेकी तिमी संसारकै एकमात्र भाग्यमानी आमा हौं, तिमीलाई कोटीकोटी प्रणाम प्रिय दाङ । (लेखक तुलसीपुर ५ दाङ निवासी हुन् । उनी शाहिन्त्य र शिक्षण पेशामा सक्रिय छन् । ९८४४९८९९९९ )

साभार : अग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'अगिम २०७८ ाघ गते सोमबार Agrim Weekly, Jan. सम्पादकीय... Monday 2022) www.livedang.com विविध वडाध्यक्ष जिते मेयर बन्न पाईने संघीयताको अनुसार स्थानीय सरकारहरू शक्तिशाली हनेछत जनताले आगणबाटै पाउनेछन समय जीवन यात्रा बुवाको समाजसेवाबाट प्रेरित 'सरोज' प्रस्तुति गाउमै जिम्मा गाहो थियो घर आगणकै नताले जनताले ेटाउन प्रमखहरू एउटा सदस्यहरुले जिम्मा सम्हाल्न तर, २०७४ बिशेषले आएमा दिनुपर्छ कार्यबहाक कार्यबहाक डाध्यक्षले सरोजकुमार लामिधाने कार्यबहाकको जिम्मा सबैलाई कार्यबहाकको पऱ्याइरहेका कार्यवहाक लोभमा प्रकृतिको शिल्पले सुसजित देखिन्छ तुलसीपुरका मात्रै ममादेश वडाका हुन्छ यसले बाहिर गर्ला, यस गम्भीर'