अप्टिमिष्ट क्लबद्धारा दिदी घर संस्थालाई न्यानो कपडा वितरण

तुलसीपुर, २० मंसिर । अप्टिमिष्ट क्लब अफ तुलसीपुरले दिदी घर संस्थामा न्यानो कपडा बितरण गरेको छ ।

शनिबार संस्थामा बस्दै आएका बालबालिकाको लागि न्यानो कपडा वितरण गरेको हो । क्लवका अध्यक्ष नोबेल डिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं इन्टरनेसनल डिस्ट्रिक्ट लेफ्टिेलेन्ट गभर्नर मानबहादुर बस्नेतको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरि शिरक, टोपीलगायतका न्यानो कपडा वितरण गरिएको हो ।


त्यस अवसमा प्रमख अतिथि चौधरीले आफूले स्वाच्छ मनदेखि सामाजिक कार्य गर्दा त्यसले आत्मसन्तुष्टि दिने बताईन् । त्यस्तै विशिष्ट अतिथि बस्नेतले यस्ता सामाजिक कार्यले समाजलाई सकारात्मक मार्गमा लैजान भूमिका खेल्ने बताए ।

उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक बोहराले गरेका थिए । क्लवले केहि दिन अघि मात्रै तुलसीपुर १३ का सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण गरेको थियो ।