भरतमणी आचार्यले भत्काईदिए सहकारीको भवन

तुलसीपुर,२९ चैत । दाङको दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी भरतमणी आचार्यले सहकारीको भवन भत्काइदिएका छन् ।

स्थानीय बालापुर जनकृषि सहकारी संस्थाले गोदामकालागि बनाएको भवन आचार्यले भत्काइदिएका हुन् । सहकारीले आफ्नो भवनको हाता भित्र गोदाम घर बनाएको थियो । त्यो जग्गा एैलानी हो । तर, आचार्यले त्यो ऐलानी आफूले जोतभोग गर्दै आएको भन्दै भत्काएका हुन् ।

यद्यपीः उनले त्यो जग्गा जोतभोग गर्ने गरेका थिएनन् ।‘त्यो ऐलानी जग्गा हो, हाम्रो सहकारी भवनको हाताभित्र पर्छ’, अध्यक्ष दीपक गौतमले भने‘तर, आचार्यले मनोमानी तरिकाले त्यो भवन भत्काइदिनुभयो ।’


भवन निर्माणकालागि सहकारीका सदस्यहरुले श्रमदान गरेका थिए । २०६८ सालमा उक्त सहकारी स्थापना भएको हो । आचार्यले भने त्यो आफ्नो जग्गा रहेको प्रतिक्रिया दिन्छन् ।