करेन्ट लाग्दा तुलसीपुरका देवकोटाको मृत्यु

दाङ, १२ चैत ।
करेन्ट लाग्दा दाङ तुलसीपुर निवासी एक ब्यक्तीको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका ९ बहादुर गञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो। आइतबार बेलुका सवा ६ बजेतिर कपिलबस्तुमा काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उनी रुखबाट भूइमा खस्नासाथ उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको मृत्यु भएको हो । भण्डारीका अनुसार शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।


उनको शवलाई दाङ तुलसीपुर ल्याउने तयारी छ ।