नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

तुलसीपुर,७ वैशाख । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टी निवासी तिल बहादुर रावतको १४ वर्षिया छोरी चेतना रावत रहेको प्रहरीले बताएको छ ।


बिहीबार दिउँसो २ बजेतिर संग्राम खोला र हापुर खोलाको दोभानमा नुहाउन गएको अवस्थामा खोलामा डुबेर घाइते भएकी बालिकाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।