तुलसीपुरमा माघ १५ सम्म विद्यालय बन्द गर्न निर्देशन

तुलसीपुर
३ माघ / तुलसीपुर उपमहानगरपालिकाले माघ १५ गतेसम्म भौतिक सहभागितामा पठनपाठन सञ्चालन नगर्न निर्देशन दिएको छ ।

सोमबार बसेको शिक्षा समितिको बैठकले सोही मितिसम्म भौतिक रुपमा परीक्षा पनि सञ्चालन नगर्न निर्देशन गरेको छ ।


यस अघि शिक्षा समितिले माघ ३ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाको माहामारी बढिरहेकाले यो निर्णय गरेको शाखा अधिकृत चक्रबहादुर भण्डारीले बताए ।

No description available.