देउखुरी, २२ असार ।
दाङमा गएराती देखि परेको भिषण बर्षापछि आएको बाढी बस्तीमा पस्न थालेको छ । लगातारको बर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन् । ढल निकास अबरुद्ध हुँदा मन्त्रालय जलमग्न भएका छ ।
राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।
लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ। कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।
यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएको छ। नदी तटीय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ। राप्ती नदिले बगाउदा एक जना बेपत्ता देउखुरीमा राप्ती नदीको बाढीले एक जनालाई बगाएको छ । लमही नगरपालिका–७, हस्नापुर स्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका छन् ।
राजपुर गाउँपालिका–२ का किसान दुध विक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए ।
तीन जनासंगै रहेपनि एक जनालाई बाढीले बगाएको र दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।
राजपुर-२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरु संगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उता गुल्मीको रूरूक्षेत्र गाउॅपालिका-३ थोर्गाको ठॅाटीमा पहिरोले स्थानीय उजेली बिकको घर पुरेको छ । घर भित्रै पुरिएकी उजेली बिकको स्थानीयले जिवितै उद्दार गरेका छन्। । केहि दिनदेखि भएको बर्षाका कारण गुल्मीका विभिन्न सडक अवरुद्ध भएका छन ।
लाइभदाङ । २३ असार २०८१, शनिबार १३:५६ बजे