ब्यापारिकको सुरक्षाकालागि घर्तीले बनाए जेसिज चोकमा प्रहरी विट

तुलसीपुर, १४ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी कमल घर्तीले तलसीपुरको जेसीज चोकमा प्रहरी विट निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भत्काईएको उक्त प्रहरी विटलाई निर्माण गरि आईतबार प्रहरीलाई हस्तान्तरण गरिएको हो । तरुनदल तुलसीपुरका अध्यक्ष समेत रहेका घर्तीले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।


त्यस अवसरमा घर्तीले प्रहरी विट नहुँदा ब्यबसायीलाई निकै असहज भएकाले बिट निर्माण गरेर हस्तान्तरण गरेको बताए । यस्तो कार्यलय शान्ति सुरक्षामा सहज बनाउने प्रहरी नायब उपरीक्षक पराजुलीलले बताए । सामाजिक कार्यमा सबै सक्रिय हुनुपर्ने समेत उनले बताए ।