तुलसीपुर
३ माघ / नेपाली काँग्रेस तुलसीपुरले चारलेन सडक निर्माणको काम छिटो सक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
काँग्रेस तुलसीपुरले सोमबार विज्ञप्ति जारी गरि चारलेनको काममा ढिलासुस्ती हुँदा जनताले दुःख, सास्ती र दुर्घटनाको जोखिम बढेको भन्दै सडक निर्माणको कामलाई तिब्रता दिन माग गरेको हो ।
नगर सभापति शुरेस हमाल,सचिब विमल पौडेल र सुशिल वली तथा प्रबक्ता पूर्ण विक्रम डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाको खोपलाई पनि सहज बनाउन अनुरोध गरिएको छ । त्यस्तै बसपार्क जाने पिपलबोट नजिकको बाटो समयमै निर्माण गर्न समेत अनुरोध गरेको छ ।
लाइभदाङ । ३ माघ २०७८, सोमबार १६:३० बजे