
घोराही, ८ मंसिर ।
घोराही उपमहानगरपालिका वडा नं.१७ स्थित प्राथामिक विद्यालय क्वाडीको शैक्षिक तथा पूर्वाधार विकासका लागि श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । वि.स. २०३५ सालमा रात्री विद्यालयका रुपमा स्थापना भएको क्वाडी प्राथामिक विद्यालयले शैक्षिक सुधार सप्ताह ज्ञानमहायज्ञ आयोजना गरेको हो ।
प्राथामिक विद्यालय क्वाडी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सप्ताह ज्ञानमहायज्ञ मूल आयोजक समितिका संयोजक रेवन्ता पुनको अध्यक्षता एवं घोराही उपमहानगरपालिका उप–प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा सप्ताह ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
सप्ताह ज्ञानमहायज्ञ उद्घाटन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका उप–प्रमुख डिसीले महायज्ञले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि टेवा पु¥याउने बताउनुभएको थियो । व्यवस्थापन र लगानीको अभावमा बन्द हुने अवस्थामा पुुगेको विद्यालय स्थानीयहरुको सक्रियता पछि पुनः जीवित भएको चर्चा गर्दै ग्रामिणवस्तीमा स्थापना भएको यस विद्यालयलाई उपमहानगरपालिकाकै नमूना विद्यालष्का रुपमा स्थापित गर्न स्थानीयहरु तलिन बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा महायज्ञ मूल आयोजक समितिका निर्देशक श्रीधर शर्मा पौडेलले लगानी अभावमा अस्तव्यस्त भएको सामुदायिक विद्यालयको अवस्था दिनप्रति दिन खस्कदै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय अभिभावक र सामाजिक अगुवाहरुको सक्रियतामा महायज्ञ मार्फत विद्यालयको मुहार फेर्ने प्रयास गरिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा सप्ताह ज्ञानमहायज्ञ आचार्य श्यामशरण, समाजसेवी साहित्यकार गुरुप्रसाद शर्मा रेग्मी, घोराही उपमहानगरपालिका वडा नं.६ का वडाध्यक्ष विष्णुराम आचार्य, वडा नं.१७ का वडाध्यक्ष रामलौटन चौधरी, नेपाली कम्युनिष्ट पार्टी दाङका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव मणिराम खनाल लगायतकाले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानध्यापक खड्ग बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण समाजसेवी सुधिर कुमार रेग्मीले गर्नुभएको थियो ।
त्यस्तै महायज्ञ समुद्घाटन सत्रमा विद्यालयका पूर्व प्रधानध्यापक आशाराम चौधरीले १५ हजार पाँच रुपैयाँ, भूपु सैनिक संघ दाङका जिल्ला सचिव पदम केसीले ५० हजार सहयोग रकम घोषणा गर्नुभएको थियो ।
त्यस्तै डिल बहादुर पुन पाँच हजार पाँद्ध रुपैयाँ, सिस्नेमुहान बाजा समूह दशहजार, सातसय ६५ रुपैयाँ, सामाजिक अगुवा किरण रेग्मीले १५ हजार पाँचसय ५५ रुपैयाँ र टंकबहादुर बहादुर रोकाले दुई हजार ३५ रुपैयाँ सहयोग रकम दान गर्नुभएको थियो ।



लाइभदाङ । ९ मंसिर २०८२, सोमबार १८:०५ बजे