तुलसीपुरमा अहिलेसम्म १०५७ जनामा परीक्षण गर्दा ३२४ जनामा कोरोना पुष्टि

तुलसीपुर
२ माघ / तुलसीपुरमा पछिल्लो समय १०५७ जनामा कोरोना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको छ । साथै आईतबारसम्म २३८ जना सक्रिय संक्रमित छन् । ८६ जना निको भएर फर्किसकेका छन् ।

आईतबार मात्रै ५१ ज्नामा परीक्षण गर्दा २२ जनामा पुष्टि भएको छ । ति मध्ये ४ जना शिक्षक, २ जना विद्यार्थी, १ जना स्वास्थ्यकर्मी पनि छन्, भने बाँकी अन्य समुदायका रहेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए ।


हालसम्म सबै भन्दा बढी वडा नं ५,६,७,८,९ का बढि रहेका छन् । यी वडा बजार क्षेत्रका हुन् ।