डिभाइनमा ‘डिभाइन डान्सिङ लिटल स्टार’ संचालन

दाङ, ६ मंसिर ।
तुलसीपुरमा रहेको डिभाइन टेम्पल एकेडेमीले बालबालिकाको नृत्य प्रतिभालाई उजागर गर्न शुक्रबार ‘डिभाइन डान्सिङ लिटल स्टार’ संचालन गरेको छ ।

डिभाइन एजुकेशन फाउण्डेशनले संचालन गरेका तीन वटा विद्यालयका प्रि–प्राइमेरीसम्मका विद्यार्थी सहभागी प्रतियोगितामा बालबालिकाहरुले विभिन्न कलात्मक नृत्य प्रस्तुत गरेका छन् ।

प्रतियोगितामा डिभाइन टेम्पलमा युकेजीमा अध्यनरत स्विकृति आचार्य प्रथम हुनुभएको छ । यसैगरी डिभाइन मन्टेश्वरी युकेजीकी श्रेया गुरुङ द्वितीय, डिभाइन पाठशालाकी अनुसा पुन तृतीय हुनुभएको छ ।

यस्तै डिभाइन टेम्पलकी अनुस्का बोहरा चौथो र डिभाइन टेम्पलकै इसा बस्नेतले पाचौँ स्थान हासिल गर्न सफल हुनुभएको फाउण्डेशनले जनाएको छ ।


तुल्सीपुर–६ स्थित डिभाइन टेम्पल एकेडेमीको प्रांगनमा संचालित कार्यक्रममा सहभागीहरूले आकर्षक पोशाक तथा सुन्दर शैलीका नृत्य प्रस्तुत गरेका थिए ।

बालबालिकामा लुकेर रहेका कला प्रतिभाको विकास, आत्मविश्वास अभिवृद्धि तथा सांस्कृतिक क्षेत्रमा सहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कलाकार मनोज लामीछानेले प्रतिभा निखार्न निरन्तर अभ्यास आवश्यक रहेको बताउनुभयो । डिभाइन एजुकेशन फाउण्डेशनका सिइओ भोजराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक पुर्ण केसी मुस्कानले गर्नुभएको हो ।