अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न

दाङ, ४ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा, नगर स्तरीय बाल सञ्जाल, वडा नं.३, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तथा जनता आवि हरनेटीको सहआयोजनामा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भीमा कुमारी घर्तीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रमअन्तर्गत विभिन्न कक्षाका बालबालिकाबीच खेलकुद तथा प्रतिभा प्रदर्शन प्रतियोगिताहरू आयोजना गरिएको थियो ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीसन्दर्भमा आयोजित कुर्सी दौड प्रतियोगितामा रितु वली प्रथम, गीता बुढा द्वितीय, प्रसन्न पुन तृतीय र समीर पुन सान्त्वना बनेका छन् ।


त्यस्तै, कक्षा ४ देखि ५ का बालबालिकाबीच गरिएको हिसाब दौड प्रतियोगितामा सुदिप पुन प्रथम, आयुष्मा थापा द्वितीय, कमला कवर तृतीय र आयुसा सिन्जाली सान्त्वना भएका छन् ।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीसहित गरिएको स्मरण शक्ति जाँच प्रतियोगितामा मेघराज राणा प्रथम, अर्णय पुन मगर द्वितीय, नारायण बुढाथोकी तृतीय र खुमा वली सान्त्वना बनेका छन् ।

बालअधिकार दिवसको अवसरमा सम्पन्न कार्यक्रम अन्त्यमा विविध विधाका विजयी सहभागीहरूलाई पुरस्कार वितरण गरिएको थियो।