हापुरे ब्यापारीक कृषि तथा पर्यटन महोत्सवमा दर्शकको उपस्थिती बाक्लो

हापुरे, १५ पुष ।
बबई चेम्बर अफ कमर्सको आयोजनामा दाङको बबई गाउँपलिकाको हापुरेमा सञ्चालन भैइरहेको हापुरे ब्यापारीक कृषि तथा पर्यटन महोत्सवको ९ औं दिन शनिबार चर्चित लोक तथा दोहोरी गायक शक्ती चन्द र चन्द्र शर्माले प्रस्तुती राख्नुभएको छ । महोत्सबको ९ दिन शनिबार करिव २ हजार ५ सय दर्शकले अवलोकन गरेको आयोजकले बताएको छ ।

हापुरे बजारमा सार्वजनिक शौचालय निर्माणार्थ बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको पदमपुर सामुदायिक वनको प्राङ्गणमा सञ्चालन भैरहेको महोत्सवमा आज आईतबार चर्चित लोक तथा दोहोरी गायक अर्जुन साप्कोटा तथा गायीका अनु राना मगर लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकको भनाइ छ ।


करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव पौष १६ गतेसम्म चल्ने छ । महोत्सवमा हापुरे डान्स आइडल २०८० समेत सञ्चालन भैरहेको छ ।