वडाध्यक्ष चौधरीसहितले गरे सरसफाई

तुलसीपुर, १० पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीसहित जनप्रतिनिधिहरु आफै सरसफाईमा खटिएका छन् ।

पशुपति मावि हरीपौरीमा भएको वडा स्तरीय खेलकूद प्रतियोगिताबाट भएको फोहरलाई जनप्रतिनिधि तथा कर्मचारीसहितले सरफाई गरेका हुन् ।


आफ्नो फोहर आफै सफा गर्नुपर्छ भन्ने सन्देश दिन सरसफाई गरिएको वडाध्यक्ष चौधरीले बताए । बुधबार सरसफाई गरिएको हो ।