
दंगीशरण, ४ मंसिर ।
दंगीशरण गाउँपालिकाले ‘दलित सशक्तीकरण सम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७८’ को प्रभावकारी कार्यान्वयनका उद्देश्यसहित पहिलो बैठक सम्पन्न गरेको छ। विहीबार गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा बसेको बैठकले ऐन कार्यान्वयनका लागि ९ सदस्यीय कार्यसमिति गठन गरेको हो।
समितिको संयोजक गाउँपालिका अध्यक्ष शम्भु गिरी रहेका छन्। सदस्यहरूमा कार्यपालिका सदस्य शितरा नेपाली, वडा नं.६ का वडा सदस्य उर्मिला परीयार, अधिकारकर्मी मानबहादुर परीयार, सुरेश सार्की, इन्द्रा परीयार, अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व गर्दै रेणुका बि.के., जेष्ठ नागरिक प्रतिनिधिका रूपमा वडा नं.१ का वडा सदस्य लक्ष्मी परीयार रहेका छन्। महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुन कुमारी घर्ती समितिको सदस्य–सचिवका रूपमा चयन गरिएको छ।
बैठकले ऐनलाई प्रभावकारी रूपमा लागू गर्न आवश्यक कार्ययोजना, संरचना तथा जिम्मेवारी निर्धारणसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल गरेको गाउँपालिकाले जनाएको छ। बैठकको सहजिकरण प्रशासन शाखा प्रमुख सुदिप डाँगीले गरेका थिए।



लाइभदाङ । ५ मंसिर २०८२, बिहीबार २०:५९ बजे