गुरूजजुरका कक्षा ११ का बिद्यार्थीहरूलाई स्वागत

तुलसीपुर, २४ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित गुरूजजुर नमुना माध्यमिक बिद्यालयमा आएका कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

मंगलबार कक्षा १२ का बिद्यार्थीहरुले कार्यक्रम गरि स्वागत गरेका हुन् । कक्षा ११ मा शिक्षा, विज्ञान, मानविकी, ब्यस्थापन संकायमा आएका चार सय बढि नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कक्षा १२ का विद्यार्थी शिवराज डाँगीको अध्यक्षता तथा तुलसीपुर ४ मा वडाध्यक्ष तुलसी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि थापाले विद्यार्थीहरु यो उमेरमा अनुशासित हुनुपर्ने बताएका थिए । उनले आफूहरुले पढ्ने चहाना हुँदा हुँदै पनि पढ्न नपाएको भन्दै अहिलेको यो अबसरलाई विद्यार्थीहरुले भरपूर रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्का, विद्यालयका प्रधानाध्यापक विष्णु कुमारी केसी,विद्यालय ब्यबस्थापन समितिका सदस्य रामप्रसाद शर्मा, सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेललगायतले विद्यालयले किताब पढाउने मात्रै नभई अतिरिक्ति क्रियाकलापमा पनि जोड दिएको बताएका थिए ।

त्यस अवसरमा विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी कुलदिप दहित र विनिता शर्माले गरेकी थिइन् ।