तुलसीपुरमा दुई वटा मोटरसाइकल ठोकिँदा दुई जना घाइते

तुलसीपुर, २१ कात्तिक ।
तुलसीपुरमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुई जना घाइते भएका छन् । घाईते हुनेमा भे १ ब १८४६ नम्बरको मोटरसाइकल चालक प्युठान जिल्ला अदालतका कर्मचारी घोराही उपमहानगरपालिका–१० का २८ वर्षका दामोदर न्यौपाने र रा ६ प ५२३७ नम्बरको मोटरसाइकल चालक रोल्पाको गंगादेव गाउँपालिका– १ घर्तीगाँउ बस्ने १७ वर्षका संदिप घर्तिमगर घाइते भएको प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिए ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ब १८४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ५२३७ नम्बरको मोटरसाइकल आज बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवामा एक–आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिए।

न्यौपानेको बायाँ हातमा र घर्तिमगरको टाउको बायाँ खुट्टा र बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खत्रीले जानकारी दिए ।


रा ६ प ५२३७ नम्बरका मोटरसाइकल चालक घर्तीमगरको साथमा कागजात नभएको उनले जानकारी दिए । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।