
दंगीशरण, २१ कार्तिक ।
लागू औषधको बढ्दो प्रयोगले समाजमा भयावहरुप लिइरहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । नेपाल रेड्क्रस सोसाइटी जिल्ला साखा दाङको आयोजना तथा भानु माध्यामिक विद्यालय दंगीशरण ७ प्रसडुवाको ब्यबस्थापनमा आयोजित ३४ औं जिल्ला जुनियर तथा युवा रेड्क्रसको २ दिने गोष्ठीमा दाङ जिल्लाभरका ५७ वटा विद्यालयहरुको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन् ।
बढ्दो लागू औषधको प्रयोगलाई निरुत्साहित गर्न आजका बालबालिकालाई सस्कारका कुरा सिकाउन अपरीहार्य रहेको बताएका हुन् । उद्घाटन समारोहमा बोल्दै प्रमुख अथिती गिरीले रेड्क्रसको भुमिका र रेडक्रसले पुर्याएको योगदानको उच्च प्रसंशा ब्यक्तगरे । सो अबसरमा बोल्दै कार्यक्रमका बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले समाजलाई सत्मार्गमा हिडाउन र मानवीय सेवामा रेड्क्रसले खेलेको भुमिका अतलनिय रहेको बताइन ।
२ दिने गोष्टिको उद्घाटन कार्यक्रममा जिल्ला रेड्क्रस सोसाइटीले दाङ जिल्लामा रहेर महत्त्वपूर्ण योगदान पुर्याउने ब्यक्ती,शिक्षक नायक,निबृत शिक्षक तथा जग्गादान गर्ने जग्गादाता र सहभागी बिधालयहरुलाइ प्रसम्सापत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएकोथियो । जस अन्तर्गत निबृत शिक्षकको तर्फबाट सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालय श्रीगाउँका पुर्व प्रधानाध्यापक श्रीधर शर्मा, अक्षकोष सस्थापक बामदेव शर्मा,सामाजिक अभियानता निर्मल नेपाली ,३३ औं गोष्ठी आयोजक तुइ रनियापुर, सस्थागत विद्यालयको तर्फबाट मेरीगोल्ड बोर्डिङ स्कुल रेडक्रश उपसाखा बागरका जग्गादाता जानका थापा तथा नबिल बैङ्कका परीवारलाइ सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको हो ।
उद्घाटन कार्यक्रम जुनियर रेड्क्रसका जिल्ला सयोजक भिमलाल मरासैनीको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का वडा न ६ का वडा अध्यक्ष रोशन जङ शाह र रेड्क्रसका जिल्ला सभापती मदन गौतमको बिशिस्ट आथित्यतामा भएकोथियो ।
२ दिनसम्म चल्ने गोष्ठीमा ५७ विद्यालयबाट आएका बिद्यार्थीहरुका लागी रक्तदान उत्प्रेरणा, रेडक्रस प्रचारप्रसार, जनस्वास्थ्य,बिपद ब्यबस्थापन, प्राथमिक उपचार, लैङ्गकि समाबेसिता र बाल अधिकार, आत्महत्या न्यूनीकरण एवम सामाजिक संजालको प्रयोग, ट्राफिक सचेतना, लागु पदार्थ दुर्बेसनी रोकथाम, जुनियर युवाका नीति नियमहरु बारे जानकारी गराउदै वार्षिक कार्ययोजना सहित २ दिने गोष्ठी समापन हुने जुनियर रेड्क्रस दाङका जिल्ला सयोजक भिमलाल मरासैनिले जानकारीदिए ।
प्रशिक्षकमा प्रकाश डाङ्गी,बिमल के.सि.दिलिप न्यौपाने,विश्राम अधिकारी,सुष्मा भण्डारी,निर्मल नेपाली,इलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक कार्यालय रहेका छन् । विद्यालयका प्रधानाध्यापक महेन्द्र के.सीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बार्षिक प्रतिबेदन शशी शर्माले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरणविद्यालयका शिक्षक सुवाष वलीले गरेका थिए ।



लाइभदाङ । २२ कार्तिक २०८२, शुक्रबार १५:२६ बजे