दाङमा निर्वाचन सामग्री सोमवार वितरण गरिने

तुलसीपुर, १६ फागुन ।
यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी आबश्यक पर्ने सम्पुर्ण सामग्रीहरु आउदो सामेवार वितरण गरिने भएको छ । प्रदेश निर्वाचन कार्यालय घोराही दाङले आज एक सुचना जारी गर्दै जिल्लाका सवै निर्वाचन क्षेत्रका मतदान केन्द्रका लागी निर्वाचन सामग्री तोकिएको समयमा बुझिलिन आग्रह समेत गरेको छ ।
निर्वाचनको लागी आबश्यक पर्ने सम्पुर्ण सामग्रीहरु मतदात अधिकृत स्वयम उपस्थित भएर बुझि लिन जारी सुचनामा भनिएको छ ।

जिल्लाका तिन वटै निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्रीहरु प्रदान गरिने भएको छ । कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्वर १ को निर्वाचन अधिकृतको कार्यालय लमहीबाट विहान ९ बजेदेखी बेलुकी ५ बजे सम्म सामग्री वितरण गरिने भएको छ । यस्तैगरी निर्वाचन क्षेत्र नम्वर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही र निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरबाट सामग्रीहरु वितरण गर्ने कार्यालयले जानकारी दिएको छ ।


जिल्लाका दश वटा पालिका मध्ये निर्वाचन क्षेत्र नम्वर १ मा लमही नगरपालिका,राजपुर ,गढवा र राप्ती गाउँपालिकाका सवै वडा पर्दछन् भने घोराही उपमहानगरपालिकाको वडा नम्वर १,२,३ र ५ पर्दछन् । यस्तैगरी निर्वाचन क्षेत्र नम्वर २ मा घोराहीको ४,६ देखी १९ नम्वर सम्मको वडा, बंगलाचुली गाउँपालिकाका सवै वडा र तुलसीपुरको १६,१७,१८ र १९ वडा पर्दछन् भने क्षेत्र नम्वर ३ मा पश्चिम दाङका शान्तिनगर,दंगीशरण र बबई गाउँपालिकाका सवै वडा पर्दछन भने तुलसीपुरका १ देखी १५ नम्वर वडा पर्दछन् ।