१५ करोड बिमाको रकम नआएपछि राप्ती प्रतिष्ठान चरम आर्थिक संकटमा

दाङ, १९ कात्तिक । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई करोडाै रुपैयाँ बिमा बाफतको रकम भुक्तानि नभएपछि प्रतिष्ठान चरम आर्थिक संकटमा रहेको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले गएको पुसदेखि हालसम्म करोडाै रुपैयाँ बिमा बाफतको रकम भुक्तानी हुन नसक्दा सेवा प्रबाहमा निकै समस्या भएको बताए ।


रजिस्ट्रार लम्सालले हालसम्म १५ करोड ६९ लाख ८७ हजार ८ सय ३७ रुपैयाँ बिमाको भुक्तानी नहुदा प्रतिष्ठान आर्थिक संकटमा रहेको बताए ।