शान्तिनगर १ स्तरीय खेलकूद प्रतियोगिता सुरु

तुलसीपुर
२४ कात्तिक /  शान्तिनगर गाउँपालिका वडा नं. १ स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुधबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको हो । वडाध्यक्ष जंगबहादुर पुन मगरको अध्यक्षता तथा गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख सुमन पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम गरि खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा वडा सदस्य कल्पना विक, एमालेका वडाध्यक्ष देवबहादुर केसी, काँग्रेसका वडा सभापति गोपिलाल केसी, माओवादी केन्द्रका वडाध्यक्ष पूर्णबहादुर वली, भलिबल सहायक प्रशिक्षक भिमबहादुर डाँगी, एन्फा रेफ्री खुमबहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


वडा सदस्य अनन्त बहादुर डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण वडा सचिब पृथ्वी पौडेलले गरेका थिए । विहीबारसम्म फुटवल र भलिबल प्रतियोगिता चल्ने छ । वडामा खेल क्षेत्रको विकासकालागि खेलकूद प्रतियोगिताको आयोजना गरिएको हो । खेलमा फुटबलको प्रथमले नगद २५ हजार, मेडल र प्रमाण पत्र तथा ट्रफि प्रदान गरिनेछ । द्धितियले १५ हजार मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

त्यस्तै भलिबलमा प्रथमले २० हजार नगद, मेडल, ट्रफि र प्रमाणपत्र तथा द्धितियले १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । फुटबलमा ४ समूह र भलिबलमा ५ समूह सहभागि रहेका छन् ।