तुलसीपुरमा आधुनिक लोकप्रिय पार्लर र बेकरी खुल्यो

तुलसीपुर
२ असोज / दाङको तुलसीपुरमा लोकप्रिय पार्लर र बेकरी सञ्चालनमा आएको छ ।

‘ख’ लाईनबाट लोकप्रिय युनिसेक्स सैलुन एन्ड लोकप्रिय बेकरी एन्ड क्याफे सञ्चालनमा ल्याईएको हो । तुलसीपुरका व्यबसायी घनश्याम डाँगीले ति व्यबसाय सञ्चालनमा ल्याएका हुन् । पार्लरमा लेडिज तथा जेन्सलाई आबश्यक पर्ने सेवाहरु प्रदान गरिनेछ ।

काठमाडौं र बुटवलका दक्ष जनशक्तिहरु ल्याएर तुलसीपुरमै उक्त सेवा प्रदान गर्न लागिएको डाँगीले बताए । हेयर कटिङ, फेसियल,हेयर कलर, हेयर केराटिन, नेल आर्ट, मेनिकेर, पेडिकेरकासाथै पार्लर सम्बन्धि सेवाहरु सञ्चालनमा ल्याईएको हो ।


जिल्लामै पहिलो पटक एसि सहितको सैलुन र बेकरी क्याफे सञ्चालनमा आएको हो । करिब ५० लाखको लगानीमा उक्त व्यबसाय सुरु भएको डाँगीले बताए ।

व्यबसायको शुक्रबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्घाटन गरेका हुन् ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'