एमालेले दाङका सबै पालिकामा सभा गर्ने

दाङ, १८ कात्तिक ।
नेकपा एमाले दाङले सबै पालिकामा सभा गर्ने भएको छ । घोराहीमा मंगलबार बसेको जिल्ला सचिवालयको बैठकले कार्तिक २५ गते दाङका १० वटै पालिकामा सभा गर्ने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकले कार्तिक २० गते दाङका सबै पालिका कमिटिहरुको बैठक बस्ने, कार्तिक २२ गते दाङका सबै वडाहरुमा वडा भेला गर्ने, कार्तिक २७ गते तुलसीपुरमा हुने युवाको लुम्बिनी प्रदेश सभालाई आवश्यक समन्वय , सहयोग र सहभागीता जनाउने निर्णय गरेको छ ।

यस्तै बैठकले घोराही र तुलसीपुरमा रहेका पाटी कार्यालय पुनर्निमाणका लागि जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला पदाधिकारी, क्षेत्रिय संयोजकहरु र आर्थिक विभाग प्रमुख सहितको समिति गठन गरेको छ ।


यस्तै मंसिर ४ गते २ नम्बर , ५ गते १ नम्बर र ६ गते ३ नम्बरमा क्षेत्रीय समन्वय कमिटिको बैठक गर्ने, मंसिर १३ गते दाङका ३ वटै संघिय निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय कमिटिको भेला गरि विधिसम्मत महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमाले छोडेर अन्य पाटीमा गएका फर्कन आह्वानसमेत गरिएको छ । मंसिर २७, २८ र २९ गते काठमांडौमा हुने केन्द्रिय महाधिवेशन सफल बनाउन दाङ जिल्ला कमिटिका तर्फबाट आवश्यक पहलकदमि लिने सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख बस्यालले बताउनुभयो ।