तुलसीपुरमा स्कुटरको ठक्करबाट विद्यार्थी घाइते

तुलसीपुर, १७ कात्तिक । दाङको तुलसीपुरमा स्कुटरको ठक्करबाट विद्यार्थी घाईते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरीपौरी स्थित पशुपति माविमा कक्षा ३ मा अध्ययनरत विमल शाही घाइते भएका हुन् ।

विद्यालय विदा भएर घर फर्किने क्रममा रा ६ प ३११४ नम्बरको स्कुटरले सोमबार ठक्कर दिएको हो ।


शाहीको घर हुम्ला हो । उनी हरीपौरीमा काकाको घरमा बस्दै आएका थिए ।

उनको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । स्कुटर तुलसीपुर ७ गणेशपुर निवासी २८ राजेश विकले चलाएका थिए ।

नेपालगञ्जबाट आउने क्रममा विद्यालय नजिकै स्कुटरले ठक्कर दिएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने घाइते विद्यार्थीको तुलसीपुर सीटी हस्पिटलमा उपचार भइरहेको छ ।