शंकर पोखरेलकी बहिनी समानुपातिकको पहिलो नम्बरमा

दाङ
२४ असोज /
एमाले महासचिब शंकर पोखरेलकी बहिनी मेनका कुमारी पोखरेल समानुपातिक बन्द सूचिको पहिलो नम्बरमा परेकी छिन् । एमालेले असोज ३ गते बुझाएको बन्द सूचिमा पहिलो नम्बरमो महासचिब पोखरेलकी बहिनी एक नम्बरमा परेकी हुन् ।

                 

निर्वाचन अयोगले सार्वजनिक गरेको बन्द सूचि अनुसार उनी समावेशी समूह खसअर्याबाट पहिलो नम्बरमा परेकी हुन् । महासचिब पोखरेल आफै पनि दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी यस अघि पटक–पटक आफ्नो श्रीमतिलाई समानुपातिक सांसद बनाउँदै आएका थिए ।

परिवारवादमा रुमल्लिएको आरोप लागिरहेको बेला महासचिब पोखरेल आफैले यो पटक बहिनी मेनकालाई समानुपातिकको पहिलो नम्बरमा नाम लेखाउन सफल भएका हुन् । कम्युनिष्ट आन्दोलनमा मेनकाको भूमिका भने महत्वपूर्ण रहेको छ । उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् । उनले केही समय अघि मात्रै सरकारी शिक्षण पेशाबाट अवकास लिएकी थिइन् । महासचिब पोखरेलले तत्कालिन नेकपा हुँदा जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई अघि सारेका थिए । तर, विधि अनुसार तत्कालिन अध्यक्ष टिकाराम खड्का हुनुपर्ने भएपछि आचार्यलाई अध्यक्ष बनाउन सकेनन् ।


त्यसपछि उनले ज्वाई आचार्यलाई भूमिहिन तथा सुकुम्वासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनाएका थिए । उनले आफ्ना दाई देवी पोखरेललाई तत्कालिन नेकपा हुँदा घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत बनाएका थिए । त्यतिबेला उनको निकै आलोचना भएको थियो । तत्कालिन अबस्थामा उनकै पार्टीका नेता जोगबहादुर राणाले शंकर पाखरेल परिवारवादमा रुमल्लिएको सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका थिए ।

दाङबाट एमालेले समावेशी समूह अपाङ्गबाट ४९ नम्बरमा हिरादेवी पुनलाई राखेको छ, भने ६७ नम्बरमा थारु महिला आस्मा कुमारी चौधरी, १०७ नम्बरमा मुस्लिम महिला साजिदा खातुन सिद्दिकिको नाम रहेको छ ।