बुधबार लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ

दाङ,८ साउन । लुम्बिनी प्रदेशका नबनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ ग्रहण बुधबार हुने भएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रबक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार विहान साढे ८ बजेकालागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ । बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।

काँग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो ।


प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं.१(१)बाट निर्वाचित आचार्यलाई नियुक्त गर्नुभएको हो ।

संसदमा एमालेका २९ र काँग्रेसका २७ सांसद छन् ।