सामुहिक रक्षाबन्धन

सुशील बस्नेत
दाङ,२७ साउन ।
दाङमा सामुहिक रक्षाबन्धन तथा सद्भाव एवम स्नेहमिलन कार्यक्रम गरिएको छ । ब्रह्माकुमारी राजयोग ईश्वरीय बिश्वबिद्यालय तुलसीपुरमा शुक्रबार सामुहिक रक्षाबन्धन कार्यक्रम भएको हो । बिश्वबिद्यालयका संचालिकाका उर्मीला श्रेष्ठले रक्षाबन्धन बाधिदिनुभएको थियो । सो अवसरमा सम्बोधन गर्नुहुदै मुख्य न्यायाधीश दिक्षीतले आवेग,हित र स्वार्थका कारण मानिसमा कलह हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,समुदायमा एकथरिले अदालत प्रतिको बिश्वास कम्जोर बनाउने काम गरेको पाईन्छ । त्यस्तो होईन,अदालत प्रतिको बिश्वास बढाउनु पर्छ, अदालतमा बिपन्न ब्यक्तिको सहज पहुँचमा पुग्ने अबस्थमा छ,मुख्य न्यायाधीश दिक्षीतले भन्नुभयो । मुद्धा जित्न दवाव प्रभाब पारिन्छ भन्ने भनाई पनि गलत भएको उहाँको दावी छ ।

दक्षिण एशियमा सबैभन्दा सस्तो कोट फि (अदालती शुल्क ) नेपालमा नै रहेको बताउनुभयो । शुरुको शुल्क मात्र न्युनतम एक सय दुई सय छ,त्यति पनि पैसा छैन भने बैतनिक वकिल मार्फत मुद्धा लड्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाका महासेनानी दिनेश रजौरेले मानव जिवनका लागि महत्वपुर्ण जलबायु परिर्वतनलाई सन्तुलनमा राख्नु पर्नेमा जोड दिनुभयो । पानी पर्ने मौसममा पानि पर्दैन,हिँउ पर्ने समयमा हिँउनै पर्दैन त्यसका कारण जल बायु परिवर्तनलाई सन्तुलनमा राख्न सबैलाग्नुपर्नेमा जोड दिनुभयो ।


मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले परम्परागत रुपमा मान्दै आएका सांस्कृतिक पर्वले मानिसलाई नैतिक आचरणमा एक सुत्र गर्न मद्धत गर्ने बताउनुभयो ।

तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष चिरिञ्जीबि रिजालले ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालयको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिबलाल महतराले गर्नुभएको थियो । बिश्वबिद्यालयले बिभिन्न जातजातिको धर्मिक चाडपर्वमा स्नेहमिलन कार्यक्रम गर्दै आएको छ ।